Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आयात करले अमेरिका सफल हुने ट्रम्पको विश्वास

आयात करले अमेरिका सफल हुने ट्रम्पको विश्वास

शनिवार , बैशाख १३, २०८२

एजेन्सी । ओरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेको व्यापार युद्धमा अमेरिका विजयी हुने दाबी गरेका छन्। उनले यस वर्षबाट आयात करमा ५० प्रतिशतले वृद्धि भएको यो ठुलो सफलता हुने पनि बताएका हुन्।

ट्रम्पले अहिले इतिहासकै सबै भन्दा ठुलो आयात करको घोषणा गरेका छन्। सोही घोषणा अनुसार अमेरिका छिर्ने हरेक सामानमा १० प्रतिशत कर बढी लाग्ने छ।

मेक्सिकोबाट आउने स्टिल, एल्मनियम र अटोमा २५ प्रतिशत तथा चीनबाट आउने सामानमा कम्तीमा १४५ प्रतिशत कर लगाइएको छ।

सबै हिसाब गर्ने हो भने अमेरिकाको करको मात्रा २२ दशमलव ८ प्रतिशत कर छ। यसको परिणाम अहिले अमेरिकाको अन्य देशसँगको व्यापार खस्कँदो छ।

चीनसँगको व्यापार त शून्य उन्मुख देखिएको छ। धेरै व्यापारी भने लगानीका लागि डराइरहेका छन्।

अहिले व्यापार ओरालो लागे पनि केही समय पछि यसले अझ धेरै माथि उठाउने दाबी ट्रम्पले गरेका छन्।

उनले अमेरिका अझ समृद्ध हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077