Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाकिस्तानले भन्यो – पहलगाम आक्रमणको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार छौं

पाकिस्तानले भन्यो – पहलगाम आक्रमणको निष्पक्ष अनुसन्धानमा सहयोग गर्न तयार छौं

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतले आधारहीन आरोप लगाएको बताएका छन् ।

मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणपछि भारतले आधारहीन आरोप लगाएको उनको भनाई थियो ।

पाकिस्तान पहलगाम घटनाको निष्पक्ष अनुसन्धानमा सबै सहयोग प्रदान गर्न तयार रहेको बताएका उनले सीमाको रक्षा गर्न पाकिस्तानी सेना तयार रहेको बताए ।

उनले भने–‘शान्ति हाम्रो चाहना हो । तर यसलाई हाम्रो कमजोरी मान्नु हुँदैन ।’

शाहबाज शरीफले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई कुनै पनि हालतमा रक्षा गर्ने बताए ।

मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

यसपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी सीमा बन्द गर्ने लगायत पाँच महत्वपूर्ण निर्णय गरेको थियो ।

भारतले पाकिस्तानमाथि आरोप लगाइरहे पनि पाकिस्तानले भने अझै स्वीकारीसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077