Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पाकिस्तानमा सुरक्षा बलको कारबाहीमा ५४ आतंककारी मारिएको दाबी

पाकिस्तानमा सुरक्षा बलको कारबाहीमा ५४ आतंककारी मारिएको दाबी

सोमवार , बैशाख १५, २०८२

एजेन्सी । अफगानिस्तानको उत्तरपश्चिमी सीमा हुँदै पाकिस्तान प्रवेश गर्ने प्रयास गरिरहेका ५४ आतंककारी मारिएको पाकिस्तान सेनाले दाबी गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, गत शुक्रबारदेखि आइतबारसम्म खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाबलले एउटा ठूलो समूहको गतिविधि पहिचान गरेको थियो, जुन सीमा पार गर्न खोजिरहेको थियो।

सेनाले उक्त समूह विदेशी शक्तिहरूको निर्देशनमा पाकिस्तानभित्र उच्चस्तरीय आतंककारी गतिविधि सञ्चालन गर्ने उद्देश्यले प्रवेश गर्न खोजिरहेको स्पष्ट पारेको छ।

पाकिस्तानले सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएयता आफ्ना भूमिमा आक्रमण गर्दै आएका सशस्त्र समूहहरू अफगान भूमिमा लुकेर बसेको आरोप लगाउँदै आएको छ, जुन अफगान सरकारद्वारा अस्वीकार गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077