एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कठोर आप्रवास नीतिमा हस्ताक्षर गरेका छन् ।
सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनको कठोर आप्रवास नीतिको विरोध गर्ने अमेरिकी सहरहरूविरुद्ध कारबाही गर्ने घोषणा गरेका हुन् ।
यो आदेशले ३० दिनभित्र संघीय आप्रवासन कानुन लागु गर्न बाधा पुर्याउने राज्य र स्थानीय निकायहरूको सूची प्रकाशित गर्न निर्देशन दिएको छ ।
उक्त सूचीमा परेका सहर तथा स्थानीय निकायहरूले संघीय सरकारको कोषबाट प्राप्त हुने रकमबाट वञ्चित हुनेछन् ।
ट्रम्पको यो आदेशले विशेष गरी विदेशीहरूको शरणस्थल बनेका अमेरिकी सहरहरूलाई लक्षित गरेको बताइएको छ ।
गत मार्चमा बोस्टन, डेन्भर, न्यूयोर्कलगायतका मेयरहरूले अमेरिकाको तल्लो सदन कंग्रेसमा भएको तनावपूर्ण सुनवाइ कार्यक्रममा उनीहरूको आप्रवासन नीतिको बचाउ गरेका थिए ।