काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एकतर्फी युद्धविराम घोषणा गरेका छन् ।
उनले आगामी मे ८ गतेदेखि १० गतेसम्म अर्थात् वैशाख २५ गतेदेखि २७ गतेसम्म युद्धविराम घोषणा गरेका हुन् ।
पुटिनले दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० औं वर्षको अवसर पारेर तीनदिने युद्धविराम घोषणा गरेका हुन् ।
यसअघि, पुटिनले इस्टर पर्वको अवसरमा पनि ३० घण्टे युद्धविराम घोषणा गरेका थिए ।
तर, त्यतिबेला युद्धविराम पालना नगरेको आरोप लागेको थियो । रुस र युक्रेनबीच तीन वर्षदेखि युद्ध जारी छ ।
पुटिनले हालै गरेको युद्धविराम घोषणाबारे युक्रेनले तत्कालै युद्धविराम नगरेर ८ मेबाट मात्र किन ? भनेर प्रश्न गरेको छ ।
युक्रेनका विदेशमन्त्री एन्ड्री सिअबले भनेका छन् ,‘रुसले साँच्चै शान्ति चाहन्छ भने ८ मेसम्म किन पर्खिने ?’