एजेन्सी । अमेरिका र युक्रेनबीच आर्थिक साझेदारी सम्झौता भएको छ ।
सम्झौतापत्रमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
यससँगै अब अमेरिकाले युक्रेनका दुर्लभ खनिजमा पहुँच पाउनेछ। यसको सट्टामा अमेरिकाले युक्रेनमा लगानी कोष स्थापना गर्नेछ ।
फेब्रुअरीमै खनिज सम्झौता तय भए पनि ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको तनावको वातावरणले स्थगित भएको थियो ।