Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पहलगाम आक्रमणपछि पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द

पहलगाम आक्रमणपछि पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द

बिहिवार , बैशाख १८, २०८२

काठमाडौं । भारतले पाकिस्तानी विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको छ।

पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच मे १ देखि मे २३ सम्म हवाई क्षेत्र बन्द गर्ने निर्णय गरेको हो ।

यससम्बन्धमा भारतीय विमानस्थल प्राधिकरण (एएआई)ले बुधबार साँझ एक नोटम जारी गरेको थियो । हवाई क्षेत्रमा उडानहरूको सम्बन्धमा नोटम अर्थात् ‘विमानकर्मीलाई सूचना’ जारी गरिन्छ।

यो प्रतिबन्धको अर्थ भारतीय हवाई क्षेत्र पाकिस्तानमा दर्ता भएका, पाकिस्तानी एयरलाइन्स र अपरेटरहरूद्वारा सञ्चालित, स्वामित्वमा रहेका वा भाडामा लिइएका विमानहरूका लागि हुनेछैन।

एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईलाई बताएअनुसार यो प्रतिबन्ध पाकिस्तानको सैन्य विमानमा पनि लागू हुनेछ।

भारत र पाकिस्तान बीच कुनै सिधा उडान छैन। पाकिस्तानी एयरलाइन्सहरूले सिंगापुर, मलेसिया र अन्य पूर्वी एसियाली देशहरूमा उडानका लागि भारतीय हवाई क्षेत्र प्रयोग गर्छन्।

पहलगाम आक्रमण भएपछि भारतले पाकिस्तान विरुद्ध धेरै कदम चालेको थियो। यसमा सिन्धु जल सन्धि निलम्बन गर्ने, अटारीमा रहेको एक मात्र सञ्चालनयोग्य भूमि सीमा नाका बन्द गर्ने र कूटनीतिक सम्बन्धलाई घटाउने उल्लेख थियो।

त्यसको प्रतिक्रियामा पाकिस्तानले भारतीय विमानहरूको लागि आफ्नो हवाई क्षेत्र बन्द गर्नुका साथै तेस्रो देशहरूमार्फत भारतसँगको सबै व्यापार निलम्बन गरेको थियो।

सिन्धु जल सन्धिको बारेमा पाकिस्तानले पानी रोक्ने वा मोड्ने प्रयास गरियो भने युद्धको घोषणा मानिने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077