Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदबाट हटाए

ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदबाट हटाए

शुक्रवार , बैशाख १९, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई पदबाट हटाएका छन् ।

मार्च महिनामा उच्च अमेरिकी सुरक्षा अधिकारीको ग्रुप च्याटमा एटलान्टिक म्यागेजिनका सम्पादक जियफ्रे गोल्डवर्गलाई समावेश गरेका कारण उनी आलोचित भएका थिए ।

सोही कारण ट्रम्पले वाल्जलाई पदबाट हटाएका हुन् । अब उनलाई संयुक्त राष्ट्र सङ्घको दूतमा नियुक्त गरिने छ ।

राष्ट्रपति ट्रम्पले वाल्जलाई उनको कामका लागि धन्यवाद दिए। सो स्थानका अस्थायी समयका लागि विदेशमन्त्री मार्क रुबियोलाई नियुक्त गरिएको छ।

फ्लोरिडाका पूर्व कांग्रेस सदस्य वाल्ज ट्रम्पको दोस्रो कार्यकालमा ह्वाइट हाउसमा हट्ने पहिले व्यक्ति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077