एजेन्सी । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच जारी तनावका बीच पाकिस्तान प्रसारणकर्ता संघले पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतहरूको प्रसारण रोकेको छ ।
पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले उक्त निर्णयको प्रशंसा गरेका छन् ।
उनले यो देशभक्तिपूर्ण निर्णयले सम्पूर्ण देशको सामूहिक भावनालाई प्रतिविम्बित गर्ने बताए ।
'म पीबीएको यो निर्णयको गहिरो कदर गर्छु। यसले देखाउँछ कि हामी देशको एकताको लागि एकसाथ उभिन्छौं र यस्तो समयमा देशको आधारभूत भावनालाई समर्थन गर्छौं,' उनले भने ।