Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चीनमा लोकतन्त्रको समर्थनमा ब्यानर प्रदर्शन गर्ने पक्राउ

चीनमा लोकतन्त्रको समर्थनमा ब्यानर प्रदर्शन गर्ने पक्राउ

शनिवार , बैशाख २०, २०८२

काठमाडौं । लोकतन्त्रको समर्थनमा ब्यानर प्रदर्शन गर्ने एक जना युवालाई चीनमा पक्राउ गरिएको छ ।

चीनको चेङ्दु शहरमा ब्यानर प्रदर्शन गरेको भन्दै प्रहरीले २७ वर्षीय मेई शिलिनलाई पक्राउ गरेको हो ।

रेडियो फ्रि एशियाका अनुसार ‘राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याएको’ आरोपमा उनलाई पक्राउ गरिएको हो ।

विदेशमा उनको कुनै सम्बन्ध छ कि भनेर अनुसन्धान अघि बढाइएको छ ।

उनले चेङ्दुको चादिआन्जी बस पार्कनजिकै रहेको पुलमा तीन वटा ब्यानर प्रदर्शन गरेको जनाइएको छ ।

सिचुवान प्रान्तको मुचुवान काउन्टीमा बसोबास गर्ने मेइ विगत १० दिनदेखि बेपत्ता थिए ।

उनले प्रदर्शन गरेको ब्यानरमा ‘राजनीतिक सुधारबिना राष्ट्रिय पुनर्जागरण सम्भव छैन’, ‘निरंकुश शक्ति भएको राजनीतिक पार्टी जनतालाई चाहिँदैन’ र ‘चीनलाई कसैले दिशा निर्देश दिनुपर्दैन, लोकतन्त्र नै अबको दिशा हो’ उल्लेख गरिएको थियो ।

चीनमा बेलाबेला यस्ता प्रदर्शन हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077