एजेन्सी । अष्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानीज पुनः निर्वाचित भएका छन् ।
कन्जरभेटिभ लिबरल–नेशनल गठबन्धनका नेता पिटर डटनलाई हराउँदै अल्बानीज दोस्रो कार्यकालको लागि प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि अल्बानीजले अस्ट्रेलियाली जनताले अस्ट्रेलियाली मूल्यमान्यताका लागि मतदान गरेको बताए ।
उनले अस्ट्रेलियालीहरूले आशावाद र दृढ संकल्प रोजेको पनि बताए ।
एन्थोनी अल्बानीज लेबर पार्टीका हुन् र २०२२ देखि अष्ट्रेलियाको प्रधानमन्त्री छन् । उनी करिब ३० वर्षदेखि सांसद छन् ।