Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

इजरायलको मुख्य विमानस्थलमा मिसाइल प्रहार

इजरायलको मुख्य विमानस्थलमा मिसाइल प्रहार

आइतवार , बैशाख २१, २०८२

काठमाडौं । इजरायली अधिकारीहरूले यमनबाट प्रहार गरिएको मिसाइल इजरायलको बेन गुरियन विमानस्थलको मुख्य टर्मिनल नजिकै खसेको दाबी गरेका छन्।

विमानस्थल नजिकै मिसाइल खसेपछि सडकमा मानिसहरूले सवारी साधन रोकेर लुकेको बीबीसीले जनाएको छ।

इजरायली मिडियाले आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै विस्फोटमा चार जना घाइते भएको र आश्रयस्थलमा भाग्ने क्रममा दुई जना घाइते भएको बताएको छ।

‘हामीमाथि आक्रमण गर्ने जो कोहीलाई पनि सात गुणा बढी बल प्रयोग गरिनेछ,’ इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्तिमा भनेका छन्।

हुथी विद्रोहीका सैन्य प्रवक्ता याह्या सारियाले इजरायली विमानस्थल हवाई यात्राको लागि सुरक्षित नभएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077