Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

विदेशी चलचित्रमा कर लगाउने ट्रम्पको घोषणा

विदेशी चलचित्रमा कर लगाउने ट्रम्पको घोषणा

सोमवार , बैशाख २२, २०८२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी चलचित्रहरूमा पनि कर लगाउने घोषणा गरेका छन्। उनले विदेशी फिल्महरूमा १०० प्रतिशत कर लगाएका छन्।

ट्रम्पले भने, ‘अमेरिकाको फिल्म उद्योग धेरै छिटो मर्दैछ। अन्य देशहरूले हाम्रा फिल्म निर्माताहरू र स्टुडियोहरूलाई अमेरिकाबाट टाढा लैजान हरेक सम्भावित प्रोत्साहन दिइरहेका छन्।’

उनले यो अन्य देशहरूको संगठित प्रयास र राष्ट्रिय सुरक्षाको लागि खतरा भएको बताए।

ट्रम्पले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने प्रक्रिया सुरु गर्न वाणिज्य विभाग र अमेरिकी व्यापार प्रतिनिधिलाई अधिकार दिएको बताए।

उनले भने,‘हामी फेरि अमेरिकामा बनेका चलचित्रहरू चाहन्छौँ।’ जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु भएदेखि नै ट्रम्पले विश्वभरका देशमा कर लगाएका छन्।

उनले करले अमेरिकी उत्पादकहरूलाई प्रोत्साहन दिने र रोजगारी सुरक्षित गर्ने बताए। तर उनको निर्णयले विश्व अर्थतन्त्रमा उथलपुथल निम्त्याएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077