एजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएको योजनाले गाजाको केही भूभागलाई नियन्त्रणमा लिने र त्यहाँका नागरिकहरूलाई दक्षिणतर्फ स्थानान्तरण गर्ने प्रस्ताव समेटेको हो ।
इजरायली अधिकारीहरूका अनुसार यो योजना हमासविरुद्धको आक्रमणलाई थप सशक्त बनाउने र गाजामा रहेका बन्धकहरूलाई उद्धार गर्ने उद्देश्यले ल्याइएको छ ।
गाजाका २१ लाख जनसंख्यालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना रहेको बताइएको छ । जसबाट मानवीय संकटको समाधानमा सहयोग पुग्ने दाबी गरिएको छ ।
यो योजनाअन्तर्गत गाजामा दुई महिनादेखि जारी नाकाबन्दी हटाउने र निजी कम्पनीहरूमार्फत मानवीय सहायता प्रदान गर्ने प्रस्तावलाई पनि सैद्धान्तिक सहमति दिइएको छ।