Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ट्रम्पले भने - पोपको जस्तो पहिरन लगाएको तस्बिर मैले बनाएको हैन

ट्रम्पले भने - पोपको जस्तो पहिरन लगाएको तस्बिर मैले बनाएको हैन

मंगलवार , बैशाख २३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा हालै आलोचना भइरहेको पोपको जस्तो पहिरन लगाएको तस्बिर आफूले नबनाएको बताएका छन्।
उनले उक्त एआई तस्बिरप्रति प्रतिक्रिया दिंदै तस्बिर कसले बनाएको जानकारी नभएको उल्लेख गरेका छन्।

ट्रम्पले उक्त तस्बिरको विषयमा कुनै जानकारी नभएको बताउँदै भने, ‘कसैले पोपको जस्तो पहिरन लगाएको मेरो तस्बिर बनाएर इन्टरनेटमा राख्यो। मैले यो गरेको होइनँ। मलाई थाहा छैन यो तस्बिर कहाँबाट आयो।’ तस्वीर एआईद्वारा सिर्जना गरिएको हुनसक्ने उनले बताए।

हालै ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसल र ह्वाइट हाउसको पूर्व खातामा एउटा तस्वीर साझा गरिएको थियो।

तस्बिरमा ट्रम्पले पोप जस्तै सेतो पोशाक र टोपी लगाएका, घाँटीमा ठूलो क्रस टाँसिएको र गम्भीर इशारामा एउटा औंला उठाएको देखाइएको छ।

क्याथोलिक समूहले उक्त तस्बिरको कडा विरोध गरेको थियो। न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पलाई उनीहरूको आस्थाप्रति मजाक उडाएको आरोप लगाएको थियो।

उक्त तस्बिर क्याथोलिकहरूले अप्रिल २१ मा पोप फ्रान्सिसको मृत्युमा शोक मनाइरहेका समयमा सेयर गरिएको हो।

ट्रम्पले पोस्ट गरेको तस्बिरमा सेतो पोसाक र टोपी लगाएका छन्। उनको घाँटीमा ठूलो क्रस छ भने गम्भीर तरिकाले एउटा औँला उठाएर उभिरहेका छन्।

न्यूयोर्क राज्य क्याथोलिक सम्मेलनले ट्रम्पले आफूहरूको विश्वासको मजाक उडाएको आरोप लगाएको छ। केही दिन अघि ट्रम्पले ठट्टा गर्दै भनेका थिए, ‘म पोप बन्न चाहन्छु।’

ट्रम्प यस्ता आरोपहरूको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति होइनन्। एक वर्षअघि पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनले गर्भपतनको पक्षमा भएको र्‍यालीमा ‘क्रसको चिन्ह’ बनाएर क्याथोलिक समुदायलाई आक्रोशित बनाएका थिए।

पोपको उत्तराधिकारीको निर्वाचनको प्रक्रिया बुधबारदेखि भ्याटिकनमा सुरु हुँदैछ।

केही समय अघि मात्रै पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077