Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्वेच्छाले देश छोड्ने अवैध आप्रवासीलाई एक हजार डलर दिने ट्रम्पको घोषणा

स्वेच्छाले देश छोड्ने अवैध आप्रवासीलाई एक हजार डलर दिने ट्रम्पको घोषणा

मंगलवार , बैशाख २३, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अवैध आप्रवासीलाई स्वेच्छाले देश छोड्न प्रोत्साहन गर्न नयाँ नीति ल्याएको छ ।

यो नीतिअनुसार अमेरिकाबाट स्वेच्छाले आफ्नो मूल देश फर्कने अवैध आप्रवासीलाई एक हजार अमेरिकी डलर प्रदान गरिने भएको हो ।

अमेरिकी होमल्यान्ड सेक्युरिटी विभाग (डीएचएस) ले आप्रवासीलाई यो सुविधा प्राप्त गर्न सीबीपी होम एपमार्फत सरकारलाई आफ्नो फिर्तीबारे जानकारी गराउन अनुरोध गरेको छ ।

फिर्तीको पुष्टि भएपछि उक्त रकम प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077