एजेन्सी । भारतले गएराति पाकिस्तानमाथि आक्रमण गरेको छ ।
‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा मिसाइल आक्रमण गरेको हो ।
पाकिस्तानी सञ्चारमाध्यम जिओ न्यूजका अनुसार आक्रमणमा ९ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको जनाएको छ।
भारतीय आर्मीले भने पाकिस्तानको सैन्य क्षेत्रमा भने आक्रमण नगरेको जनाएको छ। भारतले यसलाई कश्मीरको पलगाममा २२ अप्रिलमा भएको आक्रमणको जवाफी कारबाही भनेको छ। जहाँ एक नेपालीसहित २६ पर्यटक मारिएका थिए।
भारतले आतंकवादी रहेको मानिएका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ। पाकिस्तानले पनि जवाफी आक्रमण गर्ने चेतावनी दिएको छ ।