Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतको ‘अपरेशन सिन्दूर’ : ३० जना पाकिस्तानी मारिएको दाबी

भारतको ‘अपरेशन सिन्दूर’ : ३० जना पाकिस्तानी मारिएको दाबी

बुधवार , बैशाख २४, २०८२

एजेन्सी । भारतको पाकिस्तानलक्षित सैन्य कारबाहीमा ३० जनाको मृत्यु भएको दाबी गरिएको छ ।

पहलगाम आतंकवादी हमलाको १५ दिनपछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा ‘अपरेशन सिन्दूर’ सुरु गरेको छ । जसअन्तर्गत नौ स्थानमा हवाई हमला गरिएको छ ।

बुधबार बिहान बहावलपुर, मुरिदके, कोटली, मुजफ्फराबादलगायत क्षेत्रमा भारतले हमला गरेको हो । हवाइ आक्रमणमा जैश–ए–मोहम्मद र लश्कर–ए–तैयबाका मुख्यालय ध्वस्त पारिएको भारतीय पक्षको दाबी रहेको छ ।

बहावलपुरमा ३० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रातभर अपरेशनको निगरानी गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077