एजेन्सी । भारतले 'अपरेसन सिन्दूर' सुरु गरेपछि, धेरै एयरलाइन्सहरूले यात्रा एडवाइजरी जारी गरेका छन् ।
एयर इन्डिया, स्पाइसजेट र इन्डिगोले एडवाइजरी जारी गर्दै धेरै क्षेत्रहरूमा उडान प्रभावित हुने जानकारी गराएका हुन् । एयर इन्डियाले मे ७ मा दिउँसो १२ बजेसम्म जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोट जाने सबै उडानहरू रद्द गरेको छ ।
एयरलाइन्सले अमृतसर जाने दुई अन्तर्राष्ट्रिय उडानहरूलाई दिल्ली डाइभर्ट गरिएको जनाएको छ।
स्पाइसजेटले वर्तमान अवस्थाका कारण, धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसर लगायत उत्तर भारतका केही भागहरूमा विमानस्थलहरू अर्को सूचना नभएसम्म बन्द गरिएका जनाएको छ।
त्यस्तै भारतको अर्को इयरलाइन्स इन्डिगोले बदलिँदो हवाई क्षेत्रको अवस्थाका कारण, श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ र धर्मशाला जाने उडानहरू प्रभावित भएको जनाएको छ ।