एजेन्सी । कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिक पनि मारिएका छन् ।
भारतले गएरातिदेखि पाकिस्तान लक्षित ‘अपरेसन सिन्दूर’ सुरु गरेको छ । जसमा पाकिस्तानी सेनाको जवाफी कारबाहीमा तीन भारतीय नागरिक मारिएका हुन् ।
भारतीय आक्रमणमा हालसम्म ३० भन्दा बढी पाकिस्तानीकाृ मृत्यु भएको दाबी गरिएको छ । आक्रमणमा मस्जिदसहित धेरै ठाउँलक्षित गरिएका थिए ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणको जवाफ दिने चेतावनी दिए ।