एजेन्सी । भारतले पाकिस्तानको कश्मीर र पंजाबका भू–भागमा गरेको सैन्य कारबाहीपछि कश्मीरलगायत विभिन्न स्थानका शैक्षिक संस्थाहरू बन्द भएका छन् ।
भारतीय अधिकारीहरूले भारत नियन्त्रित कश्मीरको जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै विद्यालय, कलेज र शैक्षिक संस्थाहरू बन्द रहने घोषणा गरेका हुन् ।
स्थानीय बासिन्दाले भारतको पाकिस्तानविरुद्ध गरेको सैन्य कारबाहीका कारण सो क्षेत्रका धेरै भागमा विस्फोटको आवाज सुनेका बताएका छन्।
भारतले आफ्नो देशमा सैन्य कारबाही गरेपछि पाकिस्तान पनि प्रतिकार गर्ने तयारी गरिरहेको बताइएको छ ।