Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारत र पाकिस्तान तनावबारे चीनले खोल्यो मुख - भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण

भारत र पाकिस्तान तनावबारे चीनले खोल्यो मुख - भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण

बुधवार , बैशाख २४, २०८२

एजेन्सी । भारत र पाकिस्तानबीच गोलाबारी चलिरहेका बेला चीनले प्रतिक्रिया जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानमाथि भारतले गरेको हवाई आक्रमणप्रति चिन्ता व्यक्त गर्दै दुर्भाग्यपूर्ण भनेका छन् ।

दक्षिण एसियाका दुई ठूला मुलुकबीच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले यस्तो बताएकी हुन् ।

उनले भने, ‘भारतको सैन्य कारबाही दुर्भाग्यपूर्ण छ । हामी अहिलेको परिस्थितिबारे चिन्तित छौँ । भारत र पाकिस्तान दुवै एक अर्काका छिमेकी हुन् र चीनका पनि छिमेकी हुन् ।’

चीनले आतङ्कवादका सबै प्रकारको विरोध गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077