Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय आक्रमणबाट २६ पाकिस्तानीको मृत्यु, ४६ जना घाइते

भारतीय आक्रमणबाट २६ पाकिस्तानीको मृत्यु, ४६ जना घाइते

बुधवार , बैशाख २४, २०८२

काठमाडौं । भारतले गए राति पाकिस्तानमा गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

आक्रमणमा परेर ४६ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ ।

पाकिस्तानी सेनाले आज बिहान पत्रकार सम्मेलन गर्दै आक्रमणबाट भएको क्षतिबारे जानकारी दिएको हो ।

भारतले स्थानीय समयानुसार, बुधबार बिहान १ बजेपछि पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आक्रमण गरेको थियो ।

भारतले यस आक्रमणलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ ।

पाकिस्तानी सेनाले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ ।

केही दिनअघि भारतको कश्मीरमा आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्नलाई पाकिस्तानले साथ दिएको र आत्मरक्षाका लागि आतंकवादीको सेल्टरमा आक्रमण गरिएको भारते जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077