Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतको ‘अपरेशन सिन्दूर’ : मसूद अजहरको परिवारका १० सदस्य मारिए, ९ स्थान ध्वस्त

भारतको ‘अपरेशन सिन्दूर’ : मसूद अजहरको परिवारका १० सदस्य मारिए, ९ स्थान ध्वस्त

बुधवार , बैशाख २४, २०८२

एजेन्सी । भारतीय सेनाले मंगलबार राति पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) मा आतंकवादी लुकेका स्थानहरूमा गरेको व्यापक हवाई कारबाहीमा जैश-ए-मोहम्मदका प्रमुख मौलाना मसूद अजहरको परिवारका १० सदस्यको ज्यान गएको दाबी गरिएको छ ।

यस हमलामा उनका चार जना नजिकका सहयोगीहरू पनि मारिएका भारतीय सेनाले दाबी गरेको हो । भारतीय सेनाको यस कारबाहीलाई आतंकवादविरुद्धको ठूलो सफलता मानिएको छ। आतंकवादी संगठन जैश-ए-मोहम्मदले पनि अजहरका परिवारका सदस्यहरूको मृत्यु पुष्टि गरेको छ ।

भारतीय सुरक्षा स्रोतहरूका अनुसार लश्कर-ए-तैयबा र जैश-ए-मोहम्मदका जम्मा ९ वटा आतंकवादी लुकेका स्थानहरूमा आक्रमण गरिएको थियो । तीमध्ये चार पाकिस्तानको पञ्जाब प्रान्तमा र पाँच पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) मा अवस्थित थिए।

ध्वस्त गरिएका मुख्य स्थानहरू पाकिस्तान भित्रका मरकज सुभान अल्लाह, बहावलपुर (पञ्जाब), मरकज तैयबा, मुरिदके, सरजल तेहरा कलान र मेहमुना जोया क्याम्प, सियालकोट (पञ्जाब) रहेका छन् ।

यस्तै पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) का मरकज अहले हदीस, बर्नाला (भिम्बर), मरकज अब्बास, कोटली, मस्कर राहिल सहिद, शवाई नाला क्याम्प, मुजफ्फराबाद, मरकज सैयदना बिलाल, मुजफ्फराबाद पनि ध्वस्त गरिएको भारतको दाबी छ ।

भारतीय सेनाको यो कारबाहीले पाकिस्तानमा रहेका आतंकवादी संरचनाहरूलाई गम्भीर क्षति पुर्‍याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077