एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले भारतीय सैन्य कारबाहीविरुद्ध ‘बदलाको अधिकार’ सेनालाई दिएका छन् ।
प्रधानमन्त्री सरिफको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा समितिले बैठकले भारतविरुद्ध बदलाको जिम्मा सेनालाई दिने निर्णय गरेको हो ।
भारतीय आक्रमणको जवाफ दिने अधिकार आफूसँग भएको निष्कर्ष निकाल्दै त्यसको जिम्मा सेनालाई दिने निर्णय गरेको छ ।
‘पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा आवश्यक कारबाहीको अधिकार विधिवत् रुपमा दिइएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा भारतको भर्त्सना गर्दै सेनाको प्रशंसा गरिएको छ । बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा पाकिस्तानले आफू अनुकूल समय, स्थान र शैलीमा जवाफ दिने अधिकार सुरक्षित रहेको चेतावनी दिएको छ।
मंगलबार मध्यरातमा भएको ‘अप्रेशन सिन्दूर’पछि सीमा क्षेत्र एलओसीमा भारत र पाकिस्तानबीच भएको पछिल्लो सीमापार गोलीबारी र हवाई आक्रमणले दुवै पक्षमा ठूलो जनधनको क्षति भएको छ ।