काठमाडौं । रक्षामन्त्री राजनाथ सिंहले आफ्ना निर्दोष मानिसहरूलाई मार्नेलाई मात्र मारेको दाबी गरेका छन् ।
सीमा सडक संगठन बीआरओको स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भारतीय सेनाले सटीकता, सतर्कता र संवेदनशीलताका साथ पाकिस्तानविरुद्ध कारबाही गरेको बताएका बताए ।
उनले भने,‘प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा भारतीय सेनाले सबै भारतीयहरूलाई गौरवान्वित बनाएको छ।’ उनले भारतीय सेनाले नयाँ इतिहास रचेको बताए।
राजनाथ सिंहले भने,‘भारतीय सेनाले सटीकता, सतर्कता र संवेदनशीलताका साथ कार्य गर्यो। निर्धारित लक्ष्यहरूलाई सटीकताका साथ र योजनाबद्ध योजना अनुसार नष्ट गरियो। कुनै पनि नागरिक स्थान वा नागरिक जनसंख्या प्रभावित नहोस् भनेर पनि संवेदनशीलता देखाइएको थियो ।’