काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले नयाँ इतिहास रचेको बताएका छन्।
भारतीय सेनाले सटीकता, सतर्कता र संवेदनशीलताका साथ पाकिस्तानविरुद्ध कारबाही गरेको दावी गर्दै उनले पाकिस्तानी भूमिमा गरिएको सैन्य हमलामा केवल भारतीय आम मानिसलाई मार्नेलाई नै मारेको दाबी गरेका छन्।
सीमा सडक संगठन बीआरओको स्थापना दिवसको कार्यक्रममा बोल्दै उनले भने–‘प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा भारतीय सेनाले सबै भारतीयहरूलाई गौरवान्वित बनाएको छ।’
राजनाथ सिंहले भारतीय सेनाले सटीकता, सतर्कता र संवेदनशीलताका साथ कार्य गरेको दावी गर्दै भने–‘निर्धारित लक्ष्यहरूलाई सटीकताका साथ र योजनाबद्ध योजना अनुसार नष्ट गरियो। कुनै पनि नागरिक स्थान वा नागरिक जनसंख्या प्रभावित नहोस् भनेर पनि संवेदनशीलता देखाइएको थियो।’
उनले रामायणको अशोक वाटिका प्रकरणको उल्लेख गर्दै भारतीय सेना हनुमान जीको आदर्शलाई पछ्याउने गरेको बताए।
उनले भने–‘हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेलाई मात्र मार्यौँ।’
सर्वसाधारणको बासस्थानमा थोरै पनि प्रभावित नहुनेगरी संवेदनशीलता पनि देखाइएको सिंहको भनाई थियो ।
उनले भने–‘तय योजनाअनुसार उनीहरुलाई ध्वस्त गरेका छौँ। कुनै नागरिक स्थल, सर्वसाधारणको बासस्थानमा थोरै पनि प्रभावित नहुनेगरी संवेदनशीलता पनि देखाइएको छ ।’
[insert page='345593' display='yopanipadhnuhos.php']
उता पाकिस्तानले भने भारतीय सैन्य हमलामा आफ्ना २६ जना आम सर्वसाधारण मारिएको पुष्टि गरेको छ। जसमा महिला, बृद्धबृद्धा र बालबालिका समेत सामेल छन्।
भारतले आज विहान पाकिस्तानविरुद्ध ‘अपरेशन सिन्दूर’ नाम गरेको हवाई आक्रमण गरेको थियो ।
आक्रमणमा नौ आतंकवादी लुक्ने ठाउँहरू ध्वस्त पारेको भारतीय पक्षको दावी छ ।
आजै भारतको विदेश मामिला मन्त्रालयका सचिव विक्रम मिश्री, कर्नेल सोफिया कुरेशी र विङ कमाण्डर व्योमिका सिंहले पत्रकार सम्मेलन गरेर आक्रमणको जानकारी दिइसकेका छन् ।
भारतीय सशस्त्र सेनाले गरेकोगएराती भारतीय समय अनुसार आज बिहान १ः०५ बजेदेखि १ः३० बजेसम्म सञ्चालन गरिएको जानकरी दिइएको छ ।