Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्री भन्छन् - हामी ठाउँ र समय छनोट गरेपछि भारतमाथि आक्रमण गर्नेछौँ

पाकिस्तानी प्रधानमन्त्री भन्छन् - हामी ठाउँ र समय छनोट गरेपछि भारतमाथि आक्रमण गर्नेछौँ

बिहिवार , बैशाख २५, २०८२

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री शरीफले बुधबार पाकिस्तानको संसद्मा यस्तो दाबी गरेका हुन् ।

उनले भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई ‘युद्धको कार्य’ भनेका छन् । पाकिस्तानले भारतसँग बदला लिने पनि उनको भनाइ छ । ‘हामी ठाउँ र समय छनोट गरेपछि आक्रमण गर्नेछौँ,’ उनले भने ।

उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे । यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077