Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाकिस्तानी सेनाको गोली लागेर कश्मीरको पुंछमा भारतीय सैनिक मारिए

पाकिस्तानी सेनाको गोली लागेर कश्मीरको पुंछमा भारतीय सैनिक मारिए

बिहिवार , बैशाख २५, २०८२

एजेन्सी । जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको मृत्यु भएको छ ।

आज बिहानै भएको घटनामा दिनेशकुमार शर्माको मृत्यु भएको हो । भारतले अपरेशन सिन्दूर नाम दिएर पाकिस्तानमा गरेको हवाई आक्रमणमा ३१ जनाको ज्यान गएको छ ।

पाकिस्तानको पक्षबाट भएको गोला बारुद बाट पनि काश्मीरमा १५ जनाको ज्यान गइसकेको छ ।

गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको थियो । यही घटनाको बदलामा भारतले आक्रमण गरेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077