Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी : भारतले ठूलो मूल्य चुकाउनु पर्नेछ

पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी : भारतले ठूलो मूल्य चुकाउनु पर्नेछ

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले देशको नाममा सम्बोधन गर्दै भारतले गल्ती गरेको र यसको मूल्य चुकाउनु पर्ने बताएका छन्।

उनले सीमामा लडाइँ गर्न आफ्नो देश तयार भएको बताउँदै दिल्लीले अस्वीकार गरे पनि आफ्नो देशले जेट खसालेको बताए।

उनले सम्पूर्ण पाकिस्तानीले जितका लागि उत्साह देखाउनुपर्ने बताए।

बुधबार साँझ नै पाकिस्तानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै चिकित्सक र नर्स लगायत स्वास्थ्य क्षेत्रमा रहेका सबै जनालाई बिदा लिनबाट बञ्चित गरेको छ।

बुधबार बिहान पाकिस्तानमा भएको भारतको हवाई आक्रमणमा मर्ने पाकिस्तानीको सङ्ख्या ३१ पुगेको छ।

मर्ने मध्य एक जना ७ वर्षीय बालकसमेत रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077