Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ।

बिहीबार बिहान उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनाई नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय प्रहरीले जनाएको छ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका बताइएको छ।

गढवाल डिभिजनल कमिश्नर विनय शंकर पाण्डेले दुर्घटनाको पुष्टि गर्दै प्रशासन र उद्धार टोली घटनास्थलमा पुगेको बताए।

सेना, प्रहरी, विपद् व्यवस्थापन टोली, एम्बुलेन्स र राजस्व टोलीहरू घटनास्थलमा पुगिरहेका छन्।

हेलिकप्टर गंगोत्री जाँदै थियो। हेलिकप्टर एक निजी कम्पनीको भएको र त्यसमा सात जना सवार रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077