Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतका केन्द्रीय मन्त्री रिजिजुले भने – ‘अपरेशन सिन्दूर’ जारी छ

भारतका केन्द्रीय मन्त्री रिजिजुले भने – ‘अपरेशन सिन्दूर’ जारी छ

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । पाकिस्तानमाथि आंक्रमण गरेपछि भारतमा सर्वदलीय बैठक बसेको छ। बिहीबार रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा सर्वदलीय बैठक बसेको हो।

बैठकपछि केन्द्रीय संसदीय मामिलामन्त्री किरण रिजिजुले रक्षामन्त्रीले बैठकमा उपस्थित सबै नेताहरूलाई अपरेशन सिन्दूरको बारेमा जानकारी दिएको बताए।

किरण रिजिजुले भने, ‘अपरेशन सिन्दूर एक निरन्तर अपरेशन हो।’

बैठकमा सबै नेताहरुले गम्भीरतापूर्वक आ–आफ्नो विचार राखेको किरण रिजिजु बताए।

उनले भने, ‘रक्षामन्त्रीले अपरेशन सिन्दूरको बारेमा सबै नेताहरूलाई जानकारी गराउनुभयो। उहाँले सम्पूर्ण परिस्थिति र सरकारको मनसायको बारेमा बताउनुभयो। विभिन्न दलका नेताहरूले पनि आफ्ना विचार राखे र केही सुझाव दिए।’

किरण रिजिजुले सबै नेताहरूले सेनाको हरेक कार्यमा समर्थनको आश्वासन दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077