Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पाकिस्तानी हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको भारतको रक्षा मन्त्रालयको दाबी

पाकिस्तानी हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको भारतको रक्षा मन्त्रालयको दाबी

बिहिवार , बैशाख २५, २०८२

काठमाडौं । भारतको रक्षा मन्त्रालयले अपरेसन ‘सिन्दूर’ अन्तर्गत भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारेको जिकिर गरेको छ ।

विहीबार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मे ७ मा भारतले गरेको कारबाहीमा पाकिस्तानका कैयौं हवाई प्रतिरक्षा राडार र प्रणालीलाई लक्षित गरिएको उल्लेख छ ।

विज्ञप्तिमा भारतको रक्षा मन्त्रालयले भनेको छ, ‘लाहोरमा रहेको हवाई प्रतिरक्षा प्रणालीलाई निष्क्रिय पारिएको विश्वसनीय रूपमा थाहा भएको छ ।’

विज्ञप्तिमा भारतमा सैन्य केन्द्रहरूमा आक्रमण गरियो भने त्यसको उचित जवाफ दिइने चेतावनी पनि दोहोर्‍याइएको थियो।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार पाकिस्तानले भारतको उत्तरी र पश्चिमी क्षेत्रमा ड्रोन र मिसाइलमार्फत् आक्रमण प्रयास गरेको तर ती आक्रमणहरूलाई भारतको एकीकृत ड्रोन प्रतिकार प्रणाली र हवाई सुरक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको जिकिर गरिएको छ।

भारतले तनाव बढाउने चाहना नराख्ने तर आवश्यक परेमा आफ्नो सुरक्षाका लागि दृढताका साथ प्रतिक्रिया जनाउने दोहोर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077