Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतमाथि पाकिस्तानले गर्‍यो जवाफी आक्रमण, जम्मु क्षेत्रमा 'ब्ल्याकआउट'

भारतमाथि पाकिस्तानले गर्‍यो जवाफी आक्रमण, जम्मु क्षेत्रमा 'ब्ल्याकआउट'

बिहिवार , बैशाख २५, २०८२

एजेन्सी । पाकिस्तानले जम्मूमाथि ड्रोन आक्रमण गरेको दाबी गरिएको छ ।

भारतीय सुरक्षा स्रोतका अनुसार राति ८ बजे गरिएको आक्रमणमा जम्मुको विमानस्थललाई मुख्य लक्ष्य बनाइएको थियो ।

भारतीय वायु सुरक्षाले रूसबाट प्राप्त एस-४०० मिसाइल प्रणाली प्रयोग गरी सबै ड्रोनलाई झारेको जनाएको छ।

आक्रमण सुरु भएपछि जम्मु क्षेत्रमा ब्ल्याकआउट गराइएको छ । पाकिस्तानतर्फबाट भारी मात्रमा गोला–बारुदसमेत प्रहार भएको छ बताइएको छ ।

पंजाब, जम्मु–कश्मीर र राजस्थान उच्च सतर्कतामा राखिएका छन् । साथै राजस्थानका बाड़मेर, जैसलमेर, जोधपुर लगायतका सीमावर्ती जिल्लाहरूमा पनि विद्युत आपूर्ति बन्द (ब्ल्याकआउट) गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077