Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाका रोबर्ट प्रिभोस्ट बने नयाँ पोप

अमेरिकाका रोबर्ट प्रिभोस्ट बने नयाँ पोप

शुक्रवार , बैशाख २६, २०८२

एजेन्सी । भ्याटिकनमा आयोजित पोप कन्क्लेभको दोस्रो दिन नयाँ पोपको निर्वाचन गरिएको छ ।

६९ वर्षीय रोबर्ट फ्रान्सिस प्रिभोस्ट नयाँ पोप निर्वाचित भएका हुन् । उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल हुन् । उनले आफ्नो लागि पोप लियो-१४ नाम रोजेका छन्।

उनी १३३ कार्डिनलहरूको दुई तिहाइ बहुमतबाट पोप निर्वाचित भएका हुन् ।

नयाँ पोप चयन हुने बित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढी मानिसहरूले ठूलो स्वरमा ताली बजाएर एकअर्कालाई बधाई दिएका थिए । यसअघि मे ७ मा भएको पहिलो मतदानमा कोही पनि पोप निर्वाचित भएनन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077