एजेन्सी । पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डालाई लक्षित गरी ड्रोन र मिसाइल आक्रमण गरेको छ ।
बिहीबार राती ९ बजेतिर भएका आक्रमणहरु विफल पारिएको भारतीय रक्षा मन्त्रालयले दाबी गरेको हो ।
भारत आफ्नो सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध जनाएको छ । त्यस्तै जम्मू कश्मीरमा पूर्ण रूपमा ब्ल्याकआउट गरिएको थियो ।
पछिल्ला केही घण्टामा पाकिस्तानी गोलाबारीबाट मारिएका सबै मानिसहरू यही क्षेत्रका हुन् ।
भारतीय सेनाका अनुसार पाकिस्तानले जम्मू, पठानकोट र उधमपुरका सैन्य अड्डाहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो ।