Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारत-पाकिस्तान तनाव : सीमा क्षेत्रका कर्मचारी र प्रहरीको बिदा रद्द

भारत-पाकिस्तान तनाव : सीमा क्षेत्रका कर्मचारी र प्रहरीको बिदा रद्द

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । भारत र पाकिस्तानबीचको विवाद बढेपछि राजस्थान सरकारले अन्तर्राष्ट्रिय सीमा नजिक तैनाथ प्रशासनिक र प्रहरी कर्मचारीहरूको बिदा रद्द गरेको छ ।

भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर बुधबार राति पाकिस्तानविरुद्ध हवाई आक्रमण गरेसँगै पाकिस्तानले पनि जवाफी हमला गर्न थालेको छ । यससँगै प्रशासनिक र प्रहरी कर्मचारीहरूको बिदा रद्द गरिएको हो ।

साथै पाँच जिल्लाका विद्यालयहरू बन्द गरिएका छन् । पश्चिमी राजस्थानको सीमावर्ती क्षेत्रहरूमा उच्च सतर्कता जारी गरिएको छ ।

सावधानीका रूपमा श्रीगंगानगर, बीकानेर, जोधपुर, जैसलमेर र बारमेर जिल्लाहरूमा सरकारी र निजी विद्यालयहरू बन्द गरिएको छ । साथै, जोधपुरका सबै कलेजहरू बन्द राख्न आदेश जारी गरिएको छ ।

भारतको पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077