Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

व्यावसायिक विमान कम्पनीहरूलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्न आग्रह

व्यावसायिक विमान कम्पनीहरूलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्न आग्रह

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । पाकिस्तानले व्यावसायिक विमान कम्पनीहरूलाई पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्न आग्रह गरेको छ ।

पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले उक्त जानकारी दिएका हुन् ।

व्यावसायिक विमान कम्पनीहरू ‘मिसाइल वा कुनै प्रकारको हवाई फायरिङ’ बाट प्रभावित हुने जोखिममा रहेको भन्दै उनले ‘नागरिकहरूको ज्यान जान सक्ने’ चेतावनी दिएका छन् ।

भारत र पाकिस्तानबीच बढ्दो तनावलाई ध्यानमा राख्दै धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले केही दिनका लागि पाकिस्तानी हवाई क्षेत्रमा आफ्नो उडान बन्द गर्ने घोषणा गरेका छन् ।

इमिरेट्स एयरलाइन्सले मे १० सम्म पाकिस्तानको उडान सेवा स्थगित गर्ने बताएको छ ।

लुफ्थान्सा एयरलाइन्सले केही दिनअघि नै अर्को सूचना जारी नभएसम्म पाकिस्तानी हवाई क्षेत्रमा आफ्नो उडान सञ्चालन स्थगित गरेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077