Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर्न भारतीय रक्षा मन्त्रालयको अनुरोध

अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर्न भारतीय रक्षा मन्त्रालयको अनुरोध

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । भारतको रक्षा मन्त्रालयले भारत–पाकिस्तानबीच तनाव बढिरहेको बेला अनुमति बिना सुरक्षा गतिविधिको लाइभ रिपोर्टिङ नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले सबै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र व्यक्तिहरूलाई सुरक्षा गतिविधिको लाइभ कभरेज नगर्न अनुरोध गरेको हो ।

भारत–पाकिस्तानबीच तनाव बढिरहेको बेला कुनै पनि संवदेनशील वा स्रोतमा आधारित जानकारी खुलासा हुँदा सैन्य अभियान प्रभावित हुने र नागरिकको ज्यान पनि खतरामा पर्ने मन्त्रालयले चेतावनी दिएको हो ।

मन्त्रालयले भनेको छ, ‘सबै सरोकारवालाहरूसँग आग्रह छ कि राष्ट्रको सेवामा उच्चतम् मानक बनाउँदै कभरेज गर्दा सतर्कता, संवैदनशीलता र जिम्मेवारी पालना गर्नुहोस् ।’

भारतको केबल टेलिभिजन नेटवर्क सम्बन्धी कानुन स्मरण गराउँदै आतंकवाद विरोधी अभियानको क्रममा केवल आधिकारिक व्यक्तिद्वारा दिइएको जानकारी मात्र प्रकाशनरप्रसारण गर्नुपर्ने मन्त्रालयले स्पष्ट पारेकोछ ।

मन्त्रालयले सबै सञ्चार माध्यम र व्यक्तिहरूबाट आधिकारिक रूपमा जारी नगरिएसम्म सुरक्षा कारबाहीका विवरण गोप्य राखेर सघाउन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077