Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय विदेश मन्त्रालयले भन्यो - पाकिस्तानले आक्रमणमा टर्कीस हतियार प्रयोग गर्‍यो

भारतीय विदेश मन्त्रालयले भन्यो - पाकिस्तानले आक्रमणमा टर्कीस हतियार प्रयोग गर्‍यो

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । भारत सरकारले पाकिस्तानले टर्किस निर्मित हतियार प्रयोग गरी आक्रमण गरेको आरोप लगाएको छ ।

शुक्रबार विशेष पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले गुरुद्वारा र पुन्चमा पाकिस्तानले समुदाय लक्षित आक्रमण गरेको आरोप लगाएका हुन् ।

उनले बिहीबार राति भारतका विभिन्न क्षेत्रमा धर्म र समुदाय लक्षित प्रहार गरेर पाकिस्तानले कायरतापूर्ण व्यवहार देखाएको बताए ।

साथै पाकिस्तानले टर्किस निर्मित हतियार प्रयोग गरी कन्धार, उरी, पुन्च, मेन्धर, राजौरी, अख्नुर र उधमपुरमा आक्रमण गरेको कर्नेल सोफिया कुरैशीले बताइन् ।

उक्त घटनाहरूमा केही भारतीय सुरक्षाकर्मी हाताहाती भएको केही घाइते भएको उनले बताइन् । भारतको जवाफी कारबाहीमा भने पाकिस्तानी सेनामा ठूलो क्षति पुगेको भारतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077