एजेन्सी । जम्मू कश्मीरमा फेरि गोलाबारी भएको छ ।
भारत र पाकिस्तानबीचको तनावका बीच कुपवाडा, उरी र पुंछको कर्नाह र तंगधारमा साँझ साढे ७ बजे गोलाबारी सुरु भएको हो ।
उरी सेक्टरमा गोलीबारी र विस्फोटको आवाज सुनिएको दाबी गरिएको छ । यस्तै पठानकोटमा पनि विस्फोटको आवाज सुनेको बताइएको छ ।
यसअघि शुक्रबार भारतीय विदेश मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरेशीले बिहीबार राति भारतका विभिन्न भागमा भएका आक्रमणहरूको बारेमा जानकारी दिएकी थिइन् ।