Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

जम्मु कश्मिरमा आज पनि 'ब्ल्याकआउट', स्थानीयलाई घरभित्रै बस्न अनुरोध

जम्मु कश्मिरमा आज पनि 'ब्ल्याकआउट', स्थानीयलाई घरभित्रै बस्न अनुरोध

शुक्रवार , बैशाख २६, २०८२

काठमाडौं । भारत प्रशासित जम्मु कश्मिरमा आज पनि ‘ब्ल्याकआउट’ गरिएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले कश्मिरमा ‘ब्ल्याकआउट’ गरिएको जानकारी गराएका हुन् ।

पाकिस्तानले आज पनि आक्रमण गर्ने जोखिमलाई ध्यानमा राख्दै कश्मिरमा ‘ब्ल्याकआउट’ गरिएको उनले बताए । उनले शहरभर साइरनको आवाज सुनिएको जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा लखेको छन्, ‘आज पनि जम्मुमा ब्ल्याकआउट गरिएको छ । साइरनको आवाज पनि शहरभरि सुन्न सकिन्छ । त्यहाँ मानिसहरुलाई घरमै बस्न आग्रह गरिएको छ ।'

बिहीबार राति पाकिस्तानले आक्रमण गरेपछि सिमाव्रती जिल्लाहरुमा ‘ब्ल्याकआउट’ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077