Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतका यी ३२ विमानस्थलबाट नागरिक उडानहरू बन्द

भारतका यी ३२ विमानस्थलबाट नागरिक उडानहरू बन्द

शनिवार , बैशाख २७, २०८२

एजेन्सी । भारतको नागरिक उड्डयन मन्त्रालय (डीजीसीए) ले देशको उत्तरी र पश्चिमी भागमा अवस्थित ३२ विमानस्थलबाट नागरिक उडान बन्द गरेको छ ।

भारत–पाकिस्तान तनावका कारण भारतीय विमानस्थल प्राधिकरण र सम्बन्धित उड्डयन अधिकारीहरूलाई मे १५ बिहान ५ः२९ बजेसम्म विमानस्थल बन्द रहने जानकारी गराइएको हो ।

उधमपुर, अम्बाला, अमृतसर, अवन्तिपुरा, भटिन्डा, भुज, बिकानेर, चंडीगढ, हलवारा, हिन्डन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, कान्डला, कांगडा (गग्गल), केशोद, किसनगढ, कुल्लु मनाली (भुन्तर), लेह, लुधियाना, पटहनकोट, पट्टनकोट, पत्तनकोट, पट्टनाकोट, हिरासर, सरसावा, शिमला, श्रीनगर, थोइसे र उत्तरलाईका लागि नोटम जारी गरिएको छ ।

एयर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ, भुज, जामनगर र राजकोटका उडानहरू रद्ध गरेको छ । भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गरिरहेको छ ।

जवाफमा पाकिस्तानले पनि आक्रमण सुरु गरेको छ । भारत प्रशासित कश्मीरको वैशरण उपत्यकामा पर्ने पहलगाममा वैशाख ९ गते आतंकवादीको हमलामा नेपाली २७ वर्षीय सुदीप न्यौपानेसहित २६ जना मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077