Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारतको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरेको पाकिस्तानी सेनाको दाबी

भारतको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरेको पाकिस्तानी सेनाको दाबी

शनिवार , बैशाख २७, २०८२

एजेन्सी । पाकिस्तानले ‘अपरेसन बुन्यान मरसुस’ अन्तर्गत भारतको पञ्जाबको सैन्य केन्द्रहरूमा आक्रमण गरेको छ ।

पाकिस्तानी सेनाको दाबी अनुसा भारतको पंजाब प्रदेशको बियासमा रहेको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरिएको हो ।

भारतीय सैन्य सुविधाहरूमा प्रहार गर्नका लागि फतह–१ मध्यम दूरीको मिसाइल प्रणालीसहित धेरै सैन्य साधनहरू प्रयोग गरिएको बताइएको छ ।

ब्रह्मोस मिसाइलहरू सुपरसोनिक प्रकारको रहेका छन् । जसको अधिकतम प्रहार दूरी ८०० किलोमिटर (४९७ माइल) छ । यी मिसाइलहरू पनडुब्बी, जहाज, लडाकु विमानलगायत विभिन्न सैन्य यानबाट प्रक्षेपण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077