Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द

पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द

शनिवार , बैशाख २७, २०८२

एजेन्सी । भारत र पाकिस्तानले आफ्नो हवाई क्षेत्र तथा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेका छन् ।

स्थानीय समय अनुसार राति करिब ३ः१५ बजे पाकिस्तानका तीन वटा हवाई बेसमा भारतीय वायुसेनाले आक्रमण गरेको पाकिस्तानको दाबी छ ।

जसको केही समयपछि पाकिस्तानको विमानस्थल प्राधिकरणले आफ्नो हवाई क्षेत्र बिहान १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।

यसैगरी भारतको विमानस्थल प्राधिकरणले पनि उत्तरी र पश्चिमी क्षेत्रका ३२ वटा विमानस्थलहरू १५ मे बिहानसम्मका लागि बन्द गरिने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077