एजेन्सी । जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलीबारीमा एक अधिकारी मारिएको दाबी गरेका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् ।
उनले भने, 'राजौरीबाट दुखद खबर। हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं। हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिए।'
उमर अब्दुल्लाहले राजौरी शहरमा पाकिस्तान तर्फबाट गोलीबारी भइरहेको जानकारी दिए ।
यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो र आक्रमणमा उनको मृत्यु उनले बताए ।