काठमाडौं । भारत र पाकिस्तानलाई जी-७ देशहरूले शान्ति कायम राख्न अपिल गरेका छन् ।
दुवै देशबीच सैन्य टकराब बढिरहेका बेला जी-७ देशहरूले एकअर्कासँग प्रत्यक्ष वार्ता गर्न आग्रह गर्दै शान्ति कायम राख्न अपिल गरेका हुन् ।
जी-७ को विज्ञप्तिमा भनिएको छ, 'हामी दुवै देशले एकअर्कासँग कुरा गरून् र तनाव बढाउनुको सट्टा शान्तिपूर्ण समाधानतर्फ अघि बढून् भन्ने चाहान्छौं।'
जी-७ विश्वका सात देशहरूको समूह हो। यसमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका जस्ता देशहरू समावेश छन्।
क्यानडाले जारी गरेको विज्ञप्तिमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, अमेरिका, बेलायत र युरोपेली संघका विदेश मन्त्रीहरूले २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको कडा निन्दा गरेका छन् ।