Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भारतीय सेनाले भन्यो - पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो

भारतीय सेनाले भन्यो - पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गर्‍यो

शनिवार , बैशाख २७, २०८२

काठमाडौं । भारतीय सेनाले पाकिस्तानले हाई स्पिड मिसाइल प्रयोग गरेको बताएको छ।

शनिबार पत्रकार सम्मेलनमा कर्नेल सोफिया कुरेशीले मध्यरातमा पाकिस्तानले सीमामा भारतसँग बदला लिने गरेको कारबाहीका बारेमा जानकारी दिएकी थिईन् ।

उनले भनिन्, ‘पाकिस्तानी सेनाले पश्चिमी मोर्चाभरि आक्रामक गतिविधि जारी राखेको छ। नियन्त्रण रेखामा ड्रोन घुसपैठ र भारी हतियारबाट गोलीबारी भएको छ। श्रीनगरदेखि नालियासम्म २६ स्थानमा हवाई घुसपैठको प्रयास गरिएको थियो। जसमध्ये धेरैजसोलाई विफल पारिएको छ।’

कर्नेल कुरेशीले पाकिस्तानले उधमपुर, भुज, पठानकोट, भटिंडा र आदमपुर सैन्य एयरबेसमा रहेका उपकरण र कर्मचारीलाई क्षति पुर्‍याएको बताइन्।

उनले बिहान १ः४० बजे पञ्जाबको सैन्य अड्डामा उच्च गतिको मिसाइल प्रहार गरिएको जानकारी दिइन्। भारतले यो क्षेप्यास्त्रलाई निष्क्रिय पारेको उनले बताइन्।

भारत र पाकिस्तानबीच जारी तनावबीच लगातार चौथो दिन पनि विदेश सचिव विक्रम मिश्री, भारतीय सेनाका कर्णेल सोफिया कुरेशी र भारतीय वायुसेनाका विङ कमाण्डर व्योमिका सिंहले पत्रकार सम्मेलन गरेका हुन्।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिश्रीले भने, पाकिस्तानका गतिविधि निरन्तर उत्तेजक छन्। प्रतिक्रियामा भारतले यी उत्तेजक कार्यको जवाफ दिएको छ।’

भारतको यो भनाइमाथि पाकिस्तानले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077