एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्।
अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमत्ताको परिणामको रूपमा वर्णन गरेको छ।
अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ। अब सीमामा शान्ति पुनर्स्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा गरिएको छ।