Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पाकिस्तानी प्रधानमन्त्रीले भने - आफ्नो रक्षाका लागि जे पनि गर्नेछौँ

पाकिस्तानी प्रधानमन्त्रीले भने - आफ्नो रक्षाका लागि जे पनि गर्नेछौँ

आइतवार , बैशाख २८, २०८२

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिबार राति राष्ट्रका लागि सम्बोधन गर्दै अमेरिका, बेलायत र चीनलाई धन्यवाद दिएका छन् ।

भारत र पाकिस्तानबीच युद्धविराम सहमति घोषणा भएपछि उनले धन्यवाद व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूलाई उनीहरूको नामै लिएर बधाई दिए । साथै भने, “यो पाकिस्तानको ऐतिहासिक जित हो ।”

उनले पाकिस्तानका विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे । शरीफले सम्बोधन सुरु गर्दै भने, “यदि कसैले हाम्रो स्वतन्त्रतालाई चुनौती दिन्छ भने हामी आफ्नो रक्षाका लागि जे पनि गर्नेछौँ ।”

उनको देशविरुद्ध लगाइएका आरोप निराधार भएको र यसको जाँच गर्ने पनि उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077